Community Empowerment समाज स्वाबलम्बन
English version of this documentFilipino/TagalogLa versión española de este documento.La version française de ce documentItalianA versão portuguesa deste documentoTagalog (Philipinnes)
ChineseHindiNepaleseUrdu Script
.. 
उत्सवहरु
समापन र एक नौलो शुरुवात
by Phil Bartle
translated by Pankaj Joshi
.. 
 .  .तालीमपुस्तिका
.. 
उत्सव मनाउनु भनेको कार्य सम्पादनको अभिन्न अङ्ग हो, त्यसबाट छुटकारा पाउन खोजेको होइन।
..
सामुदायिक उत्सवहरुको सञ्चालन र व्यवस्थापन गर्न सजिलो छैन; तर उत्सवहरु परिचालनका प्रमुख र अभिन्न अङ्ग हुन्। . तपाईंले पनि यो आभास गर्नुभएको होला - विद्यार्थी तथा कार्यकर्ताका निम्ति उत्सवहरु पढाइ र कामको नियास्रोपनबाट छुटकारा पाउने रोमाञ्चकारी क्षण हुन्। तर तपाईं (परिचालक) का निम्ति भने यो तपाईंको कार्यसूचिमै पर्दछ।
..
उत्सव मनाउने प्रत्यक्ष अवसरहरु ( जस्तै सामुदायिक परियोजना सम्पन्न भएको उपलक्षमा ) त छँदै छन्; तर यो प्रणालीद्दारा अरु त्यस्ता अवसरहरुलाई पनि बढावा दिनू। . चन्दा सङ्कलन कार्यक्रम (हराम्बी या Harambee), शिलान्यास समारोह, चेक हस्तान्तरण समारोह, मुख्य चरण समापन (भत्ता, छाना, रङ्गरोगन) को उपलक्ष तथा अरु मुख्य मोडहरु सबै उत्सवका अवसर हुन्।
..
मादल बजाउँदै नाचगान गर्ने, प्रहशन या नाटक खेल्ने, शोभा यात्रा गर्ने, असाधारण सीपहरुको प्रदर्शन गर्ने जस्ता विभिन्न मनोरञ्जक क्रियाकलापहरु उत्सवमा सामिल गर्नू। स्थानीय कलाकार तथा विद्यार्थी समूहहरुलाई भाग लिन निम्तो दिनू। . यो निश्चित गर्नू कि प्रमुख र लोकप्रिय व्यक्तित्वहरु आमन्त्रित होस्। उहाँहरुलाई केहि शब्द जनहितका लागि बोलिदिन अनुरोध गर्नू (तर उहाँहरुले आफ्नै राजनीतिक मादल घन्काउने काम नगरोस्) । प्रेस र सञ्चार माध्यमलाई निमन्त्रण गर्नू।
..
किन?
..
सामुदायिक उत्सवहरुबाट जनतामाझ परियोजनाको मात्र
नभएर सम्पूर्ण विकास प्रणालीको नै पहिचान, मान्यता र
औचित्य बढ्दछ ।
.......... सामुदायिक उत्सवहरु जनजागरण बढाउने, पारदर्शिता सुधार्ने,
अनि सामुदायिक परियोजनालाई एक परिपक्व र क्रियाशील
गतिविधिको रुप दिने मञ्च हुन्।
..
कार्यदलसँग मिली योजना र कार्य प्रणाली तयार गर्नू। कार्यदलका निमित्त सवै कार्य आफूले नगरिदिनू। . प्रोत्साहन र प्रशंसा प्रदान गर्नू; परामर्श दिनू –– ता कि उनिहरुले आफै जिम्मेवारी वहन गरोस्। हेर्नुहोस् "उत्सव."
.
रमाइलो मान्नुहोला
.––» «––
..
परियोजना समापन, रीति र उत्सव:
..
              . . . . उत्सवमा मादल ब‍जाउँदै