Community Empowerment समाज स्वाबलम्बन
IndonesianEnglish versionLa versión española de este documento.La version française de ce documentA versão portuguesa deste documento.Italian
HindiNepaleseUrdu Script
..  , 
कार्यदल र जनसम्पर्क
सक्रीय पारदर्शिता
by Phil Bartle
translated by Pankaj Joshi
.. 
तालीम पुस्तिका
.
कुनै कार्य गोप्य हुनु हुँदैन; भइरहेका गतिविधिबाट समुदायका सदस्यहरु अवगत हुनु पर्दछ।
..
जसरी तपाईँलाई आफ्नो (परिचालनको) काममा पारदर्शिता, सक्रीय सञ्चालन, वैचारिक उदारता र निर्णय लिँदा सहभागिताको प्रदर्शन गर्नु जरुरी छ, त्यसरी नै कार्यदललाई पनि त्यस्ता गुणहरु प्रदर्शन गर्न प्रोत्साहित गर्नुपर्छ। . समुदाय र कार्यदलबीच राम्रो सम्पर्क कायम राख्नका निम्ति तीन उपयोगी उपायहरु हुन्: सभाहरु, विवरणहरु र परिक्षणहरु। यी उपायहरु बारम्वार प्रयोग गरिएको खण्डमा मात्र सफल हुन्छन्। 
..
कार्यदल र सम्पूर्ण समुदायबीच राम्रो सम्पर्क कायम गरी जानकारीको आदन-प्रदान गर्नका निम्ति सार्वजनिक सामुदायिक सभाहरु सबभन्दा महत्वपूर्ण माध्यम हुन्। (विस्तृत सभाहरुमा उत्सवहरु पनि समावेश हुन सक्छ। उत्सवहरु आउँदो खण्डमा वर्णन गरिएको छ)। सभाहरुमा तपाईँ परिचालकको नाताले जुन "सहायक"को भूमिका निभाइरहनु भएको छ, सो वहन गर्न कार्यदललाई प्रोत्साहित गर्नु र तालीम दिनु पर्दछ। . उनिहरुले जनता सामु बोल्ने र आफ्नो विचार प्रकट गर्ने कलाको विकास गर्नुपर्छ। तर त्यसको मतलब भाषण दिने या प्रवचन दिने तिर नभई सहभागीहरुबाट प्रतिक्रिया हासिल गर्ने तिर उन्मुख हुनुपर्छ। यो दोहोरो जानकारीको आदान-प्रदान ("संवाद" मतलब "दोहोरो") ले पारदर्शिता र सुव्यवस्थापन अनि सहभागीमुखी ("प्रजातान्त्रिक") सञ्चालनलाई बढावा दिन्छ।
..
विवरणहरु पनि महत्वपूर्ण हुन्छन्। विवरण सरल भाषामा राम्ररी लेखिएको हुनुपर्दछ, तथा सामुदायिक सभामा मौखिक रूपमा व्यक्त गरिनु पर्दछ। समुदायबाट प्रतिक्रिया लिन खोज्नु पर्छ। .. समुदायका सदस्यहरु कार्यदलका साथ हिडेर परियोजनाक्षेत्र परिक्षण गरेमा पारदर्शिता र राम्रो पारस्परिक सम्बन्धलाई बढावा मिल्दछ।
..
पोस्टरहरु र सूचनापत्रहरु सम्पर्क कायम राख्न काम लाग्दछ तर केवल तिनिहरु मात्र पर्याप्त हुँदैनन्। तिनिहरु सार्वजनिक सभाहरुका पूरक हुन्, विकल्प होइनन्। तिनिहरु जानकारी फैलाउन र विभिन्न गतिविधिका परिणाम सूचित गर्नका निम्ति मात्रै प्रयोग गरिनु पर्दछ। . लेखा र आय-व्ययको विवरण निर्माणाधीन भवन (जस्तै क्लिनिक या स्कूल) मा टाँसिएमा पारदर्शिता बढ्नेछ।
..
तपाईँको लागि, परिचालकका नाताले, सुशासन, सहभागीमुखी सञ्चालन, इमानदारीता, पारदर्शितामा जोड दिनु जरुरी हुन आउँछ। यी उद्देश्यहरु हासिल गर्न कार्यदल र सम्पूर्ण समुदाय बीच राम्रो सम्पर्क हुन जरुरी छ। . तपाईँले जुन मात्रामा "सहायक" भएर नेतृत्व दिने विधि सिक्नुभएको छ, सोहि मात्रामा तपाईँले कार्यदल र समुदायका नेनृत्वलाई प्रोत्साहन र तालीम दिन सक्नु हुनेछ।
.––» «––
..
सामुदायिक सभा:
..
चित्र १
.