Community Empowerment समाज स्वाबलम्बन
IndonesianEnglish version of this documentLa versión española de este documento.La version française de ce documentItalianoA versão portuguesa deste documentoTagalog (Philipinnes)
HindiUrdu Script
..   , 
 सामुदायिक कार्ययोजनाको कार्यान्वयन
सवलीकरणका लागि कार्य सम्पादन
by Phil Bartle
translated by Pankaj Joshi
.. 
तालीम पुस्तिका
.. 
कार्ययोजना
..
समुदायको प्रारम्भिक चरणमा कमसे कम दुईवटा कागतपत्र (कार्यदलद्वारा) लेखिएको र (सारा समुदायद्वारा ) स्वीकृत हुनुपर्दछ। यिनिहरु हुन्: (१) क्याप (CAP : Community Action Plan) या सामुदायिक कार्ययोजना, र (२) परियोजना रूपाङ्कन (जुन प्रस्तावको रूपमा प्रयोग गर्न पनि उपयोगी हुनसक्छ)। . जबसम्म कार्यदल या सम्पूर्ण समुदायले यी कागतपत्र बदल्दैन, तिनिहरु जतिसक्छ त्यति रिफरेन्सको लागि हेरिनु पर्दछ, मख्यु गरी विवाद, या आउँदो कार्य के हो भन्ने कुरो उठ्दा। परियोजनाको रूपाङ्कनलाई पनि सामुदायिक कार्ययोजनाको एक भागको रूपमा हेरिनु पर्दछ।
..
तपाईँको काम कार्ययोजना कार्यान्वयन गर्नु होइन, सहायक हुनु हो।
..
यो सुनिश्चित गर्नू कि सबैले आफूलाई सम्पिएको काम गरोस्। निरीक्षण पनि राम्ररी भएको होस्। कार्यदलको सभाहरु बारम्बार सञ्चालन भएको होस् (र त्यहाँ प्रगति विवरणहरु छलफल गरिएको होस्) अनि सम्पूर्ण समुदायव्यापी सभाहरु पनि सञ्चालन भएको होस्। यो सुनिश्चित गर्नू कि तयार पारिएका विवरणहरु सबै सहि छन्, खास गरी आर्थिक व्यय सम्बन्धी। . कार्यदललाई उनिहरुले सञ्चालकको रूपमा जुन योगदान गरेको छ, त्यसको तुलनात्मक आर्थिक मूल्यको विवरण तयार पार्न सहयोग गर्नू। (कति घण्टा सभाहरुमा, योजनाको रूपाङ्कनमा, निरीक्षणमा, कार्यान्वयनमा बिताएको छ, र लगानी गरिएको समय र उद्यमको तुलनात्मक आर्थिक किमत के हो)। यसको मतलब तपाईँ र कार्यदलबीचका धेरै सभाहरु हुनुपर्छ र तपाईँ र सम्पूर्ण समुदायबीच भने केहि कम सार्वजनिक सभाहरु भए पनि हुन्छ।
.––» «––
..
सामुदायिक सक्रीयता; कुलो खन्ने काम:
..
चित्र ३, सामुदायिक सभा
.