Community Empowerment समाज स्वाबलम्बन
English version of this documentVersão do texto em espanhol.La version française de ce documentItalianoA versão portuguesa deste documento
HindiNepaleseUrdu Script
निरीक्षण भनेको निगरीनी राख्नु हो
निरीक्षण
हामी कहाँ गइराखेका छौं, सोको निरीक्षण
by Phil Bartle
translated by Pankaj Joshi
तालीमपुस्तिका.
.. 
यो कुरामा ध्यान नजान सक्छ कि उद्देश्यमुखी मार्गमा रहन हामी कुन दिशामा गइराखेका छौं त्यसको पहिचान हुनुपर्छ।
..
माथि यो उल्लिखित थियो कि निरीक्षण महत्वपूर्ण छ, अनि परियोजनाको रुपाङ्कनमा निरीक्षणलाई पनि सामेल गर्नुपर्छ। तर अब परियोजना अगाडि बढिसकेपछि निरीक्षण निश्चित रुपमा गर्नुपर्छ। . निरीक्षण भनेको निरीक्षित कार्यसरी नै महत्वपूर्ण हुन्छ। तालीम विषयवस्तु हेर्नुहोस्:  "निरीक्षण."
..
तपाईँलाई साइकलको उदाहरण याद छ? पेडल चलाउनु मुख्य काम भएता पनि कहाँ गइराखेका छौं त्यो हेर्नु (निरीक्षण) पनि उत्तिकै महत्वपूर्ण छ, नत्र नराम्रो बाटोमा परी साइकलबाट खस्न सक्छौं। परियोजनामा सम्मिलित व्यक्तिहरुलाई के कस्तो भइराखको छ, सोको जानकारी भइहाल्छ नि भनेर मात्रै पग्दैन। . साइकल चालकको आँखा मात्रै होइन उसको सम्पूर्ण शरीर नै साइकल चलाउनमा लागेको हुन्छ। आँखाले दिमागलाई संकेत दिन्छ र दिमागले शरीरका अरु अङ्गहरुलाई चाहिए अनुसार तालमेल मिलाउनका लागि संकेत दिन्छ। त्यसै गरी विभिन्न व्यक्ति परियोजनामा विभिन्न समयमा काम गरेता पनि सारा समुदाय (तथा दाताहरु) लाई सम्पूर्ण गतिविधिको जानकारी हुनुपर्दछ।
..
परियोजना अगाडि बढिसकेपछि, तपाईँ परिचालकको नाताले कार्यदललाई यो याद दिलाउनु पर्दछ कि निरीक्षण परियोजनाको हिस्सा हो र त्यो महत्वपूर्ण छ, अनि निरीक्षण गर्नु अत्यावश्यक छ।
.––» «––
..
सामुदायिक निरीक्षण तथा मूल्याङ्कन
..